सन्दीप लामिछाने एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट युवा खेलाडी घोसित

स्पिनर सन्दीप लामिछाने एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।

नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफको उत्कृष्ट प्रशिक्षक बनेका छन।

नेपाललाई एकदिवसिय मान्यता दिलाउन महत्वपुर्ण भुमिका खेलेका जगतले क्रिकेटकै विनोद दाश फुटबलमा छिरीङ लोप्साङ गुरुङ बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पारे।

जगतको प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा आठौ स्थानमा रहेको थियो। यस्तै विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेको थियो।

यस्तै पारा एथ्लिट तर्फ ह्विलचियर बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साल उत्कृष्ट बने।

Next Post

दिल्लीद्वारा चेन्नई ३४ रनले पराजित, सन्दीप स्टाइलिस प्लेयर अफ् द म्याच घोषित

Sat May 19 , 2018
इण्डियन प्रिमियर लिगको दोस्रो खेलमा दिल्ली डेरडेविल्सको नेपाली युवा बलर सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ् द म्याच घोषित भएका छन्। दिल्ली डेरडेविल्सद्वारा चेन्नई सुपर किंग्स ३४ रनले पराजित भएको हो। १६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सलाई १२८ रनमा समेट्न सन्दीपले ५.२५ को औसतमा २१ रन दिए। ४ ओभर बलिङ गर्दै […]
Nepali Version