नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल

नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ। जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो।

नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ। एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ।

बिहीबारै भएको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हरायो। नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएकामा हङकङ १३० रनमै समेटियो।

अब सातौं स्थान तथा प्लेट च्याम्पियनका लागि नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसैगरी, नवौं स्थानमा लागि शनिबारै हङकङ र पपुवा न्यूगिनी खेल्नेछन्।

Next Post

ओडिआई मान्यता पाएपछि नेपालले प्राप्त गर्ने तीन ठूला उपलब्धि

Fri Mar 16 , 2018
वरियतामा समावेश नेपाल पनि अब आइसीसीको वरियतामा समावेश हुनेछ। अहिले आइसीसीको फूल मेम्बर १२ टिम र अन्य ४ टिम गरी १६ टिमसँग मात्र ओडिआई स्ट्याटस छ। त्यसमध्ये हङकङ र पपुवा न्यूगिनीले ओडिआई मान्यता गुमाउँदा त्यो दुई स्थानमा नेदरल्यान्ड्स र नेपाल रहनेछन्। अहिले टेष्ट मान्यता पाएका १२, वर्ल्ड क्रिकेट लिग च्याम्पियनको […]
Nepali Version