इपीएल : बिराटनगरद्वारा भैरहवा ३९ रनले पराजित

एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले भैरहवालाई पराजित गरेको छ। अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३९ रनले पराजित गरेको हो।

विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए। कीर्तिपुरस्थित टीयू मैदानमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा ११४ रनमा अलआउट भयो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर वारियर्सले अंशुमन रथको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १४९ रन बनाएको थियो।

प्रतियोगितमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा रथले ५० बल खेलेर ८ चौकाको मद्दतमा सर्बाधिक ५७ रन बनाए। यस्तै बाबर हायतले ३६, कप्तान पारस खड्काले १५ तथा प्रनित थापा मगरले १४ रन जोडे। करण केसी ११ रनमा नटआउट रहे।

भैरहवाका हरीशंकर शाहले ३ तथा आरिफ शेखले २ विकेट लिए। १५० रनको लक्ष्य पछ्याएको भैरहवाका लागि कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्। ओपनर प्रदिप ऐरी र हरीशंकर शाहले १८-१८ रन बनाए। नयाँ विदेशी खेलाडी प्रथम सालोन्केले ओपनिङ गरेपछि हरीशंकरले मिडल अर्डरमा ब्याटिङ गरेका थिए। यस्तै पुनित विष्टले १५ तथा आरिफ शेखले १० रन जोडे।

बलिङमा विराटनगरका अभिनास कर्णले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। यस्तै ३.३ ओभर बलिङ बसन्त रेग्मीले ३, अदिसा अपुहानी, कप्तान पारस खड्का र करण केसीले १-१ विकेट लिए।

2 thoughts on “इपीएल : बिराटनगरद्वारा भैरहवा ३९ रनले पराजित

Leave a Reply

Your email address will not be published.

Next Post

एल क्लासिको बार्सा नेपालले प्रत्यक्ष प्रसारण गर्दै

Sat Dec 23 , 2017
बहु प्रतिक्षित इल क्लासिको आज साझ ५:४५ बजे बार्सिलोना क्लबको नेपाली फ्यान क्लब बार्सा नेपालले नेपालको मुख्य ६ शहरहरुमा लाइभ स्क्रीनिङ गर्दैछ। रियल मड्रीडको घरेलु मैदान सेन्ट बर्नावाउमा बार्सिलोनाले म्याड्रीडको सामना गर्दैछ। सोही खेलको बार्शा नेपालले देश भरका छ मुख्य सहरहरुमा लाइभ स्क्रिनिन्ङ को व्यवस्था गरेको छ। १. काठमान्डौ : […]
Nepali Version