नेपाल युएईसँग ६३ रनले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ। यसअघि नै डिभिजन २ मा घटुवा भएको नेपाल युएईसँग शुक्रबार भएको खेलमा ६३ रनले पराजित भएको हो।

सोमपाल कामीले ५ विकेट लिएपछि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएइलाई ४९.२ ओभरमा १९५ रनमा अलआउट गर्‍यो। जवाफमा आएको नेपाल ४२.२ ओभरमा १३२ रनमा सीमित भयो । नेपालबाट ज्ञानेन्द्र मल्लले ४२ र विनोद भण्डारीले २५ रन बनाए।

नेपाल बुधबार भएको पहिलो खेलमा पनि युएईसँग ७ विकेटले पराजित भएको थियो।

नेपालले फेब्रुअरीमा विश्व क्रिकेट लिग डिभिजन २ का पुछारका ४ टोलीहरू केन्या, युएई र नामिबियासँगैं ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ।

2 thoughts on “नेपाल युएईसँग ६३ रनले पराजित

Leave a Reply

Your email address will not be published.

Next Post

रियल मड्रिडद्वारा सेभिल्ला ५-० ले पराजि

Sun Dec 10 , 2017
ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडद्वारा सेभिल्ला ५-० ले पराजित भएको छ। घरेलु मैदानमा रियल मड्रिडले पहिलो हाफमै सबै ५ गोल गरेको हो। रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल, नाचो फर्नान्डेज, टोनी क्रुस र अचराफ हाकिमीले १-१ गोल गरे। जितपछि रियलले दोस्रो स्थानको भ्यालेन्सियासँग अंक बराबरी गरेको छ। […]
Nepali Version