नेपालद्वारा केन्या ६ विकेटले पराजित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि खेलेको अभ्यास खेलमा नेपालद्वारा केन्या ६ विकेटले पराजित भएको छ।

केन्याले दिएको १११ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गरेको हो। युएईको अबुधावीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले अलआउट हुँदै ११० रन बनाएको थियो।

केन्याका रुसाब पटेलले २७, एलेक्स ओबन्डाले २५ र गुर्दिप सिंहले २२ रन बनाए। केन्यालाई ३२.२ ओभरमा अलआउट गर्न नेपालका ललित भण्डारीले ४ विकेट लिए। १० ओभरको स्पेलमा ललितले १ मेडन राख्दै ४६ रन खर्चेका थिए। त्यस्तै, आरिफ शेखले २ तथा सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिए।

जवाफमा दीपेन्द्रसिंह ऐरीले नटआउट ४६ रन बनाएपछि नेपालले सहजै खेल जितेको हो। ३५ बलको सामना गरेका दीपेन्द्रले ७ चौका र १ छक्का प्रहार गरे। यस्तै नियमित कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा नेपालको कप्तानी सम्हालेका शरद भेषावकरले ३१ रन जोडे।

डब्लुसिएल अन्तर्गत नेपालले यही बुधबार र शुक्रबार युएईसँग खेल्ने छ।

22 thoughts on “नेपालद्वारा केन्या ६ विकेटले पराजित

  1. you are really a just right webmaster. The website loading pace is incredible. It kind of feels that you are doing any distinctive trick. In addition, The contents are masterwork. you have performed a wonderful process on this topic!

  2. Pingback: stromectol 400
  3. Pingback: stromectol otc

Leave a Reply

Your email address will not be published.

Next Post

आहा रारा गोल्ड कप माघ ९ सुरु हुने

Sun Dec 3 , 2017
आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आउँदो माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने भएको छ। सहारा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक/एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो। “खेलकुदको विकासमा सहकार्य […]
Nepali Version