नेपालद्वारा बंगलादेश ६ विकेटले पराजित

(एसीसी) यू-१९ युथ एसिया कप क्रिकेटको तयारीस्वरूप नेपालले बंगलादेशसँग तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालद्वारा बंगलादेश ६ विकेटले पराजित भएको छ। अघिल्ला २ खेलमा लगातार हार खेपेको नेपालले अन्तिम खेलमा भने सानदार जित आत्मसाथ गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय २५ रन बनाएको थियो। दुई सय २६ रनको विजय लक्ष पाएको नेपालले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।

नेपालको जितमा अशिफ शेख सर्वाधिक ९० रन बनाएका थिए। सैफ हसनको बलमा एलबिडब्लु आउट भएका अशिफले ८८ बलमा उक्त रन जोडेका हुन्। ३ छक्का र ९ चौका हानेका थिए। जितेन्द्र सिंहले ४५ रनको योगदान गरे।

नेपालका अशिफ शेख म्यान अफ दी म्याच घोषित भए।

5 thoughts on “नेपालद्वारा बंगलादेश ६ विकेटले पराजित

  1. Pingback: 바카라
  2. Pingback: 안전놀이터

Leave a Reply

Your email address will not be published.

Next Post

टोटनह्यामद्वारा क्रिष्टल प्यालेस १-० ले पराजित

Sun Nov 5 , 2017
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलमा टोटनह्यामद्वारा क्रिष्टल प्यालेस १-० ले पराजित भएको छ। खेलको ६४ औं मिनेटमा टोटनह्यामलाई जिताउन सन हेङ–मिनले गरेको गोल नै निर्णायक बन्यो। जितपछि तेस्रो स्थानको टोटनह्यामको ११ खेलबाट २३ अंक भएको छ। Share on Facebook Tweet it Share on Google
Nepali Version