विश्वकप छनोटमा नेपालसंग सिंगापुर ४ विकेटले पराजित

आइसीसी यू-१९ विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज (सोमबार) भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डीङ रोजेको नेपालले ७४ रनको लक्ष्य १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको हो । नेपालका प्रनित थापामगरले २६ बलमा २३ रन, अनिल शाहले २२ बलमा १९ रन, रोहित कुमारले पौडेलले १२ बलमा ११ रन, सन्दीप सुनारले ९ बलमा १ रन, आशिफ शेखले ५ बलमा ४ रन र दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाए ।

सिंगापुरका आर्यमान सुनिल र गोपीनाथ अचरले २/२ विकेट लिए भने रोहन रंगराजन र अंश भार्गभले १/१ विकेट बाँडे।

यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले २९ ओभरमा ७३ रन बनाएको हो । सिंगापुरका लागि ब्रिगु ऐरले सर्वाधिक ४२ र ओपनर सन अग्रवालले ११ रन बाहेक अन्य कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका ३ ब्याट्सम्यान खातानखोली पेभेलियन फर्केका थिए।

नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै शाहब आलमले ३ र किशोर महतो २ विकेट लिए ।

2 thoughts on “विश्वकप छनोटमा नेपालसंग सिंगापुर ४ विकेटले पराजित

  1. Pingback: بیت کون کش

Leave a Reply

Your email address will not be published.

Next Post

वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने

Mon Jul 17 , 2017
वर्ल्ड फेन्सिङ च्याम्पियनसिप-२०१७ मा यही जुलाई १८ देखि २६ सम्म जर्मनीको लिपिजमा हुने भएको छ। उक्त फेन्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट नेपाली सेनाकी खेलाडी रमा कुमारी सिंहले प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनले महिला तर्फको फोयल इभेण्टमा प्रतिस्पर्धा गर्नेछिन्। भोली (मंगलबार) बाट सुरु हुने च्याम्पियनसिपमा रमासँगै नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल […]
Nepali Version