सशस्त्र प्रहरी प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको खेलमा एपीएफले मध्यमाञ्चललाई ६ विकेटको पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले ४८ ओभर ३ बलमा अलआउट हुँदै १८७ रन बनाएको थियो । मध्यमाञ्चलका लागि कप्तान हसिम अन्सारीको १०१ रन बनाए। कप्तान हसिम अन्सारीले आफ्नो करियरकै पहिलो शतक प्रहार गरेका हुन् । सशस्त्रका कप्तान ज्ञानेन्द्र मल्लले ४ विकेट, अविनाश बोहरा र भुवन कार्कीले समान २/२ विकेट लिए ।

जवाफमा सशस्त्रले ३४ ओभरमै ४ विकेटको क्षतिमा विजय हासिल गर्यो । सशस्त्रका लागि अनिल शाहले अविजित रहँदै ७८ रन, सन्दीप सुनारले ४१ तथा ज्ञानेन्दले अविजित रहँदै २८ रन जोडे ।

खेलको म्यान अफ द म्याच ज्ञानेन्द घोषित भए।

पश्चिमाञ्चल उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

सेमिफाइनलमा सशस्त्रले नेपाल पुलिस क्लबसँग तथा पश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी अर्को समूहको विजेता तथा पुलिस उपविजेता हो ।

Leave a Reply

Your email address will not be published.

Next Post

नेपाल पुलिस र मोरंग बराबरीमा रोकियो

Sat Jun 3 , 2017
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) भएको खेलमा नेपाल पुलिस र मोरंग फुटबल क्लब १/१ गोलको बराबरीमा रोकियो। नेपाल पुलिसका लागि राजिव लोप्चनले ४ औँ मिनेटमा गोल गरे। त्यस्तै मोरंगका लागि बिजयी कुमार पोखरेलले १७ औँ मिनेटमा गोल गरे। भोलि झापा ११ र नेपाल एपीएफबीच खेल हुनेछ। त्यस्तै […]
Nepali Version