मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश

प्रथम प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जितेर ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो।

मध्यपश्चिमको लागि कप्तान पाण्डेले २३ रन जोडे भने राजबिर सिंहले ३७ रन बनाए। त्यस्तै, अनुपमले ९५ बलमा ५६ रन जोडे भने सिद्धान्त शाहीले अविजित ३५ रन जोडे।

एपीएफका लागि भुवन कार्कीले ३ विकेट, अभिनाश बोहोराले २ विकेट, सन्दिप जोरा र कप्तान ज्ञानेन्द्र मल्लको समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १८२ रनको लक्ष्य २८ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि सन्दिप सुनार र आसिफ शेखले ९२ रनको साझेदारी गरेका भने आसिफले ४४ बलमा ४० रन जोडेका थिए। पृथु बास्कोटा १५ रन र प्रदिप ऐरी ५ रनमा अविजित रहेका थिए।

खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषित भए।

जितपछि एपीएफ समूह ‘ए’ मा चार अंकसहित शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट एपिएफ र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ‘बी’ बाट त्रिभुवन आर्मी समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन्।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

लिग चरणको अन्तिम खेलमा शनिबार एपीएफले मध्यमाञ्चलको सामना गर्नेछ।

5 thoughts on “मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश

  1. Pingback: 바카라사이트

Leave a Reply

Your email address will not be published.

Next Post

महिला लिगमा उदयपुर,ताप्लेजुङ्ग,ईलाम र बारा विजयी

Fri Jun 2 , 2017
खेलकुद नेपाल सुबास पोख्रेल, अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज (शुक्रबार) भएको पहिलो खेलमा उदयपुर महिला फुटबल टिमले चितवन महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । उदयपुरका लागि सृजना […]
Nepali Version