नेपाल पुलिसको लगातार दोस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको । नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई ९ विकेटले हराएको हो ।

टस जितेर पुलिसले फिल्डीङ रोजेपछि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १०४ रन बनायो । पूर्वाञ्चलका लागि मेहबुब आलमले ४७ बलमा ४० रन तथा अमल दासले १३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका सिद्धान्त लोहनीले ३ तथा ललित भण्डारी र सुशिल कँडेलले समान २–२ विकेट लिए । कप्तान मन्जित श्रेष्ठ र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले १७.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। पुलिसका लागि सुनिल धमलाले ५२ तथा दिलिप नाथले ३६ रन बनाए । खेलको म्यान अफ द म्याच सुनिल घोषित भए ।

जितसँगै पुलिसको २ खेलमा ४ अंक भएको छ। दोश्रो स्थानमा रहेको आर्मीको १ खेलमा २ अंक छ भने पुर्वान्चल र सुदुरपश्चिमले खाता खोलेका छैनन्। प्रतियोगितामा शुक्रबार पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टिमबिच खेल हुनेछ ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

14 thoughts on “नेपाल पुलिसको लगातार दोस्रो जित

  1. Pingback: 놀이터
  2. My programmer is trying to convince me to move to .net from PHP.

    I have always disliked the idea because of the expenses. But he’s tryiong none the less.
    I’ve been using WordPress on several websites for
    about a year and am anxious about switching to another platform.
    I have heard fantastic things about blogengine.net.
    Is there a way I can import all my wordpress content into it?
    Any kind of help would be really appreciated! http://antiibioticsland.com/Tetracycline.htm

  3. First off I would like to say great blog!
    I had a quick question which I’d like to ask if
    you don’t mind. I was curious to find out how you center yourself
    and clear your head before writing. I’ve had difficulty clearing my mind in getting my thoughts out there.
    I do take pleasure in writing however it just seems like the
    first 10 to 15 minutes are wasted just trying to figure out how to begin. Any suggestions or hints?
    Kudos! https://ivermectinforhumans.forsale/

Leave a Reply

Your email address will not be published.

Next Post

हल सिटीका प्रशिक्षक मार्कोद्वारा राजीनामा

Fri May 26 , 2017
इंग्लिस टोली हल सिटीका प्रशिक्षक मार्को सिल्भाले पदबाट राजीनामा दिएका छन् । हल सिटीले ३९ बर्षीय पाोर्चुगिज प्रशिक्षक सिल्भालाई गत जनवरीमा नियुक्त गरेको थियो । नेतृत्व संहाले तापनि उनले हल सिटीलाई रेलिगेसनबाट जोगाउन सकेनन् । उनको प्रशिक्षणमा हल सिटीले १८ खेल खेलेको थियो । जसमध्ये ६ खेलमा जित हासिल गरेको […]
Nepali Version