अष्ट्रेलिया १५५ रनले अघि

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत १ सय ५ रनमा समेटिएको छ। भारतका ७ ब्याट्सम्यान ११ रन जोड्ने क्रममा आउट भए।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिन ९ विकेट गुमाएर २५६ रन बनाएको थियो । दोस्रो दिनमा ४ रन जोडेर अष्ट्रेलिया अल आउट भएपछि भारतले आफ्नो पहिलो पाली थालेको हो । ४० ओभर १ बलमै भारतले सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाएपछि अष्ट्रेलिया १ सय ५५ रनले अघि भएको हो ।

भारतका लोकेश राहुलले ६४ रन बनाउनुबाहेक अरु खेलाडीले योगदान दिन सकेनन् । भारतलाई कम रनमै समेट्न अष्ट्रेलियाका स्टिभ ओकेफेले ६ विकेट लिए । यस्तै भिचेल स्टार्कले दुई साथै जोश ह्याजलउड र नाथन लायनले एक एक विकेट लिए ।

अहिले अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ ब्याटिङ गरिरहेको छ । अष्ट्रेलियाले भारतमा चार टेष्टको श्रृंखला खेल्दै छ ।

15 thoughts on “अष्ट्रेलिया १५५ रनले अघि

  1. Pingback: stromectol types

Leave a Reply

Your email address will not be published.

Next Post

कान्छीमायाको राष्ट्रिय कीर्तिमान

Fri Feb 24 , 2017
सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले ‘पिंकाथन’ काठमाडौं हाफ म्याराथनको उपाधि जित्नुको साथसाथै राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । आज (शुक्रबार) भएको प्रतियोगितामा २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि हात पारेकी हुन् । सन् २००६ मा भएको बर्लिन म्याराथनमा निर्मला भारतीले हाफ म्याराथनमा […]
Nepali Version