हैदरावादसंग पञ्जाब ६ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा सनराइजर्स हैदरावादले किंग्स इलेभेन पञ्जाबलाई ६ रनले पराजित गरेको छ। जितपछि हैदरावाद तेश्रो स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङको गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । हैदरावादका लागि डेबिड वार्नरले नट आउट ७० रन तथा नमन ओझाले ३४ रन बनाए ।

१६० रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ४ ओभरमा सबै १० विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि मनन् बोहोराले ९० रन र इयान मोर्गनले १३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए । पञ्जाब ४ अंकसहित पाँचौ स्थानमा छ ।

6 thoughts on “हैदरावादसंग पञ्जाब ६ रनले पराजित

  1. Pingback: lapak qq
  2. Pingback: Free Bets
  3. Pingback: 안전카지노
  4. Pingback: satta king

Leave a Reply

Your email address will not be published.

Next Post

मिडल्सबर्गविरुद्ध आर्सनलको जित

Tue Apr 18 , 2017
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल विजयी भएको छ। आर्सनलले मिडल्सबर्गलाई २–१ ले पराजित गरेको हो । आर्सनलका लागि ४२ औं मिनेटमा एलेक्स सान्चेज र ७१ औं मिनेटमा मेसुट ओजिलले गोल गरे । तर ५० औं मिनेटमा नेग्रेडोले मिडल्सबर्गका लागि बराबरी गोल फर्काए । सान्चेजले यो सिजन […]
Nepali Version