धनगढी ११ नेपाल ११ संग ३१ रनले पराजित

धनगढी प्रिमियर लिग (डिपिएल) को उद्घाटनकाे मैत्रीपूर्ण खेलमा नेपाल ११ ले धनगढी ११ लाई ३१ रनले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ११ ले २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनायो ।नेपालका लागि पारस खड्काले ६८ र बसन्त रेग्मीले ४३ रन बनाए ।

धनगढी ११ ले २० ओभरमा ८ विकेट गुमाएर १३० रन मात्रै बनायो । धनगढीका लागि सुनिल धमलाले ३४ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

डिपिएलको पहिलो खेलमा सोमबार विहान ९ बजे सिवाइ सि अत्तेरिया र काठमाडौं गोल्डेन तथा दिउँसो १ बजे रुपन्देही च्यालेन्जर्स र कञ्चपुर आइकोनबिच खेल हुनेछ ।

६ शहरका नाममा रहेका टीमले भाग लिने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ पाउने छन् । खेल हेर्न ३०, ५०, ८० र एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

11 thoughts on “धनगढी ११ नेपाल ११ संग ३१ रनले पराजित

  1. Pingback: 온라인카지노
  2. Pingback: Togel OnLine
  3. Pingback: 918kiss

Leave a Reply

Your email address will not be published.

Next Post

मुम्बईद्वारा कोलकाता ४ विकेटले पराजित

Mon Apr 10 , 2017
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले हराएको हो । मुम्बाईको वाङखेडे रंगशालामा पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोेडेको थियो। कोलकाताका लागि मनिष पाण्डेले नटआउट ८१ रन, क्रिस लिनले ३२ तथा कप्तान गौतम गाम्भिरले […]
Nepali Version