साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । लिग अन्तर्गत आइतबार भएको ११ औं चरणको अन्तिम खेलमा मनाङले एनआरटीलाई पराजित गर्दै अंक तालिकामा थ्री स्टारलाई पछि पारेको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा मनाङले एनआरटीलाई ४-१ ले पराजित […]

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सिजनको पहिलो हार बेहोरेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युवा क्लबले मनाङलाई २-० ले‌ पराजित गरेको हो । खेलको २४ औं मिनेटमा टाइगा नाकामुराको गोलमार्फत च्यासलले अग्रता लियो। फ्रिकिकको अवसरलाई उनले उत्कृष्ट गोलमा […]

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कप्तान भरत खवासको निर्णायक गोलसँगै आर्मी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भरत खवासले ७४ औं मिनेटमा गोल गरे । सन्तोष […]

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र हिमालयन शेर्पाले गोलरहित बराबरी खेलेका हुन्। खेलको ७२औं मिनेटमा सुरज विश्वकर्माले रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो । […]

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत भएको खेलमा मच्छिन्द्र क्लब लिगको शिर्ष स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र क्लबद्वारा जाउलाखेल युथ क्लब १-० ले पराजित भएको हो। खेलको ३१ औं मिनेटमा मच्छिन्द्रले खेलमा अग्रता बनायो। उसका लागि विशाल राईले गोल गरे। त्यसपछि दुवै टिमबाट अरु गाेल नभएपछि मच्छिन्द्रले […]

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ। एन्फा मैदान सातोबाटोमा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ ले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६३ औँ  मिनेटमा एपीएफले अग्रता लिएकाे थियाे । प्रविणकुमार श्रेष्ठको पासलाई आशिष लामाले गोलमा परिणत […]

  कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले विजय भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टारलाई २-० ले पराजित गरेको हो। खेलको ५४ औं मिनेटमा नवयुगले कप्तान भरत खवासको पासमा एक्रोब्याटिक स्टाइलमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका […]

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लवले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले खेलको १२ औं मिनेटमै अग्रता बनाएको थियो। मनाङका लागि रञ्जन विष्टले जगदीश श्रेष्ठले कर्नरबाट गरेको प्रहारलाई हेडमार्फत गोल गरेका थिए। पहिलो हाफमा मनाङ १-० ले अगाडि रह्यो। दोस्रो हाफमा […]

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले लगातार दोस्रो जित हात पारेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा एपिएफलाई १-० लेपराजित  थ्री स्टारले दोस्रो जित निकालेको हो। राष्ट्रिय टोलीका सदस्य समेत रहेका रक्षक अनन्त तामाङले खेलको १५ औं मिनेटमा गरेको गोलको निर्णायक बनेको थियो । जितपछि थ्री स्टार […]

Nepali Version