नेपालमा डिसेम्बर १ तारिखदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुल (साग) का लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ। प्रतियोगिता सुरु हुन २० दिन बाँकी रहँदा नेपालले ३ सिनियर खेलाडी समावेश गर्दै यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल […]

दुई वटा मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली आज साँझ मलेसिया प्रस्थान गर्दैछ । नेपालले यही जुन २ (जेठ १९) मा मलेसिया र जुन ६ (जेठ २३) मा चाइनिज ताइपेईसँग खेल्दैछ। अखिल नेपाल फुटबल संघ एन्फाले विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाई गरेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण […]

एसियाली फुटबल महासंघले एएफसी यू-१६ च्याम्पियनसिप २०२० को क्वालिफायरको ड्र सार्वजनिक गरेको छ। नेपाल रहेको समूह ए मा श्रीलंका, कुवेत, जोर्डन र ताजकिस्तान रहेका छन्। प्रत्येक समूहका विजेता राष्ट्रले २०२० मा सिंगापुरमा हुने एएफसी यू-१६ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न पाउने छन्। त्यस्तै, छनोट प्रतियोगिताका उत्कृष्ट ४ उपविजेता टिमले पनि प्रतियोगिता […]

एएफसी यू-१९ महिला च्याम्पियनससिपको एसिया क्षेत्रको छनोटको दोसो चरणको खेलको तयारीका लागि नेपाली यू-१९ टोली बुधबार चीन प्रस्थान गरेको छ। सरु लिम्बुको कप्तानीमा रहेको नेपाली टोलीलाई बुधवार एन्फाले बिदाई गरेको छ। २३ सदस्यीय खेलाडीसहितको नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फाका पदाधिकारीले बिदाई गरे। मुख्य प्रशिक्षक: हरिओम श्रेष्ठ, प्रशिक्षक: […]

ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालद्वारा इन्डोनेसिया २-१ ले पराजित भएको छ। नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन्। पहिलो दुई खेल हारेर बाहिरीसकेको नेपालका लागि अन्तिम खेल भने सुखद रहृयो। मंगलबारको खेलमा आठौँ मिनेटमा रेड कार्ड खाँदै १० खेलाडीमा सीमित भएको इन्डोनेसियलाई ३७ औँ […]

ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ। पराजित भएसँगै नेपालकाे ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ। मन्डालेमा भएको खेलको छैटौँ मिनेटमै नेपालकी पसनम जर्घा मगरले आत्मघाती गोल गरेपछि भारतले अग्रता […]

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ। म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३-१ ले पराजित भएको हो। खेलको २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो। तर नेपालले पहिलो हाफको इन्जुरी समयमा नेपालकी कप्तान निरुले […]

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। मन्दलर थिरी रंगशालामा नेपाली समय अनुसार बेलुकी ५:१५ मा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो। दोस्रो खेलमा नेपालले भारतसँग ६ अपि्रलमा प्रतिस्पर्धा गर्ने छ। भारतलाई साफको बदला लिने […]

कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो । कुवेतलाई जित दिलाउनका लागि युसुफ नासरको एकमात्र गोल निर्णायक बनेको थियो । खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले डिबक्सभित्र विपक्षी […]

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेलका लागि प्रशिक्षक योहान कालीनले टोलीमा दुई परिवर्तन गरेका छन् पहिलो खेलमा अग्रपंक्ति सम्हालेका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामा पहिलो रोजाईमा परेका छन् । आशिषको यो राष्ट्रिय टोलीबाट डेब्यु पनि हो […]

Nepali Version