अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल पराजित भएको छ । मंगलबार राति माडेइरामा भएको खेलमा पोर्चुगल स्वीडेनसँग ३–२ ले पराजित भएको हो ।
पोर्चुगलका लागि १८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३४ औं मिनेटमा ग्रानक्भिस्टले आत्मघाती गोल गरेपछि पोर्चुगलले २–० को अग्रता लियो ।
तर ५७ र ७६ औं मिनेटमा भिक्टर क्लेसनले स्वीडेनका लागि बराबरी गोल फर्काए । इन्जुरी समयमा पोर्चुगलका काभाको क्यानसेलोले आत्मघाती गोल गरेपछि स्वीडेन ३–२ ले विजयी भयो ।
रोनाल्डोको सम्मानमा स्थानीय विमानस्थलको नाम उनको नामबाट राखिने एक दिन पहिले भएको खेलमा पोर्चुगल पराजित भएको हो । बुधबार हुने विमानस्थलको नाम घोषणा सभामा रोनाल्डो उपस्थित हुनेछन् ।