पोखरा प्रिमियर लिगको खेलतालिका सार्वजनिक

पोखरा प्रिमियर लिग (पीपीएल) को खेलतालिका सार्वजनिक भएको छ । पीपीएलको उद्घाटन खेलमा स्थानीय टीम पोखरा पल्टन र विराटनगर टाइटन्सले खेल्ने छन् । पोखरा रंगशालामा हुने उद्घाटन खेल खेल्ने पोखराका मार्की खेलाडी शरद भेषावकर र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् । पीपीएल कात्तिक ९ देखि २० गतेसम्म पोखरामा आयोजना हुुँदैछ ।

६ टिम सहभागी पीपीएल राउण्ड रोविन लिगका आधारमा हुुनेछ । सर्वाधिक पुुरस्कार राशी भएको पीपीएल कात्तिक १९ गतेसम्म हुुनेछ । लिगको पहिलो दिन विराटनगर र पोखराबीचको मात्रै भए पनि अन्य दिनमा दिनको दुई—दुुई वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसी मान्यता प्राप्त लिगमा पोखरा पल्टन, विराटनगर टाइटन्स, बुुटवल ब्लास्टर्स, काठमाडौं रोयल्स, चितवन राइनोज र धनगढी एक्पर्ट रहेका छन् । लिग खेल्ने सबै टोलीले मार्की खेलाडी तथा अक्शनबाट खेलाडी समेत छनोट गरिसकेका छन् ।

 

ट्वान्टी—२० फर्म्याटमा हुुने पोखरा प्रिमियर लिग (पीपीएल) को मेडिकल पार्टनरको रुपमा ग्रान्डी इन्टरनेसनल अस्पताल आवद्ध भएको छ । सोमबार ग्राण्डी अस्पताल र क्विन्स इभेन्ट्स म्यानेजमेन्टबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरे ।