धरान भेट्रानलाई पराजित गर्दै विर्तामोड भेट्रानले चुम्यो भेट्रान फुटबल प्रतियोगिताको उपाधि

दिलिप बास्कोटा, बिराटनगर :

१ नम्बर प्रदेश स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापाको विर्तामोड भेट्रान क्लबले जितेको छ।

यस प्रतियोगित अन्तर्गत भएको फाइनल खेलमा झापाको विर्तामोड भेट्रान क्लबले धरान भेट्रानलाई १-० ले पराजित गर्दै उपाधि उपाधि हात पारेको हो।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक विर्तामोडका टंक धिमाल, चार गोल गरेर काँकडभिट्टा भेट्रान क्लबका लाक्पा लामा सर्वाधिक गोलकर्ता, म्यान अफ द सिरिज विर्तामोडका नरेन्द्रमणि लिम्बू भए।

प्रतियोगिताको विजेताले नगद रु १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले नगद रु ७५ हजार रुपैयाँका साथै ट्रफी पुरस्कार प्राप्त गरेका छन्।