म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडद्वारा लेस्टर सिटी २-१ ले पराजित भएको हो।

Luke Shaw has admitted he wants to become one of the best left backs in world football

घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पउल पोग्बाको कप्तानीमा मैदान उत्रिएको थियो। पोग्बाले यो सिजनको पहिलो गोलसमेत गरे। उनले तेस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एलेक्स सान्चेजको प्रहार रोक्ने क्रममा लेस्टर सिटीका डानिएल अमार्टेयले फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

The 23-year-old scored his first senior goal as Manchester United defeated Leicester

पहिलो हाफको खेल १–० मा सकिए पनि दोस्रो हाफको अन्तिम समयतिर युनाइटेडले अर्को एक गोल थप्यो । ८३ औं मिनेटमा ल्युक शोवले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

Paul Pogba captained Manchester United, and gave them the perfect start with a penalty after just three minutes

यसैगरी लेस्टर सिटीका लागि जेमी भर्डीले इन्जुरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए । रिकार्डो परेराको क्रसमा उनले बललाई जाली चुमाएका थिए ।

The home side saw out the nervy last couple of minutes after Jamie Vardy scored following a cross that came back off the post

खेलपछि प्रशिक्षक जोसे मोरिन्होले पोग्बाले म्यानचेस्टर युनाइटेडको कप्तानी सम्हालेको र गोल गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

Jose Mourinho - who has been a vocal critic of Shaw's fitness and performances - celebrated the player's goal with gusto

रुस विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सका पउल पोग्बा चार दिनअघि मात्रै युनाइटेडको प्रशिक्षणमा सहभागी भएका थिए । त्यसअघि उनी बार्सिलोना जाने चर्चा चलेको थियो ।