नेपाललाई अन्तर्राष्ट्रिय टी ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेटको उपाधि

अन्तर्राष्ट्रिय टी ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। शनिबार भएको फाइनलमा नेपालले बंगलादेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपालले दिएको १६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८ ओभर २ बलमा १०६ रनमा अलआउट भयो।

विपिन पौड्यालले बंगलादेशको ३ विकेट लिए। यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको थियो। नेपालका दिगम चेम्जोङ लिम्बुले अविजित ७९ तथा नविन रायले ५९ रन बनाए।

Leave a Reply

Your email address will not be published.