तेक्वान्दो च्याम्पियनसिपमा रन्जनालाई कास्य पदक

तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी रन्जना धामीले कास्य पदक हात पारेकी छिन् ।

दक्षिण कोरियाको छुनछुन शहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौल समूह अन्तर्गत के–५५ विधामा रन्जनाले कास्य पदक जितेकी हुन् ।

सेमिफाइनलमा रन्जना मंगोलियाकी खुरेलबातर इन्खतुयासँग १४–६ ले स्तब्ध भएपछि कास्य पदकमै सिमित भइन् । खुरेलबातर यो विधामा स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटर समेत चुनिएको प्रशिक्षक कुँवरले बताए ।

पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहीत राई क्वाटरफाइनलमा इरानका जफर्जादेह मोहहमसँग पराजित भएपछि पदक विहिन भए ।

महिलाको ५८ केजी तौलसमूहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन् । नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीले आसलाग्दो प्रदर्शन गरेको बताए । उनले भने ‘धेरै अनुभवी भइसकेका विदेशी खेलाडीविरुद्ध नेपाली खेलाडीले कडा चुनौती दिनु नै राम्रो संकेत मान्नुपर्छ ।’ नेपाली टोलीको व्यवस्थापकमा नेपाली खेलकुदका सफल तेक्वान्दो खेलाडी दिपक विष्ट छन् ।

Leave a Reply

Your email address will not be published.