नेपाल पुलिससंग संकटा २-१ गोलले पराजित
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। नेपाल पुलिसले संकटालाई २-१ गोलले पराजित गरेको हो ।
नेपाल पुलिसका लागि रेजिन सुब्बाले ५ औँ मिनेटमा र अभिषेक रिजालले २९ औँ मिनेटमा गोल गरे। त्यस्तै संकटाका लागि दिनेश आले मगरले ४७ औँ मिनेटमा एक गोल फर्काए।
भोलि सरस्वोती युथ क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ। त्यस्तै अर्को खेलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिमाबीच प्रतिस्प्रर्धा हुनेछ।