दमक फुटबल ट्रेनिङ्ग सेन्टर उपाधि नजिक

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

झापाको धरमपुरमा जारी दोस्रो फुलबारी च्यालेन्ज कप अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा दमक फुटबल ट्रेनिङ्ग सेन्टरले उर्लाबारी फुटबल क्लवलाई १-० गोल अन्तरले हराउदै दमक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।

दमक को जितमा खेलको आठौ मिनटमा जर्सि नम्बर १४ का सुन्दर कार्कीले गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच बिजेता टिमका जर्सि नम्बर ७ का प्रबिन राई भए उनले ट्रफी र नगद रू २ हजार प्राप्त गरे।

प्रतियोगितामा भोली दोस्रो सेमिफाईनल खेलमा जलथल फुटबल क्लव र जिवन क्लव बिर्तामोड बिच हुनेछ।