लक्ष्मण चौधरीको गोलमा जलथल फुटबल क्लव सेमिफाईनलमा

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

झापाको धरमपुरमा फूलबारी सेवा संगम क्ललको आयोजनामा जारी दोस्रो फुलबारी च्यालेन्ज कप अन्तर्गत आज भएको खेलमा जलथल फुटबल क्लवले इलाम ११ लाई १-० गोल अन्तरले हराउदै जलथल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ।

जलथलको जितमा खेलको ५० औ मिनेटमा जर्सि नम्बर १६ का लक्ष्मण चौधरीले गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच जलथल फुटबल क्लवका लक्ष्मण चौधरी भए। उनलाई समाजसेबी हर्क सेर्माले ट्रफी र नगद रू २ हजार रूपैया हष्तान्त्रण गरे।

प्रतियोगितामा भोलि पहिलो सेमिफाईनल खेलमा उर्लाबारी फुटबल क्लव र दमक फुटबल ट्रेनिङ्ग सेन्टर बिच प्रतिष्पर्धा हुनेछ। ३१ गते सम्म चल्ने प्रतियोगिताको विजेता हुने क्लवले ट्रफी मेडल प्रमाण पत्र सहित नगद रू १ लाख र उपविजेता हुने क्लवले ट्रफी मेडल प्रमाण पत्र सहित नगद रू ५० हजार प्राप्त गर्नेछ।