सतासिधाम स्पोटिङ्ग क्लव (महिला टिम) झिलझिले सेमिफाईनलमा प्रवेश

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

मोरङको केराबारीमा जारी चौथो महिला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सतासिधाम स्पोटिङ्ग क्लव (महिला टिम) झिलझिले झापाले चिसाङ्ग महिला फुटबल क्लल लेटाङ्ग मोरङ लाई १-० गोल अन्तरले हराउदै सतासिधाम सेमिफाईनलमा प्रवेश गरेको छ।

सतासिधामको जितमा यू-१६ राष्ट्रिय महिला फुटबल टिमका खेलाडी मुना मगरले गोल गरेका थिए। खेलको क्विन अफ दि म्याच विजयी टिमका गोल कर्ता मुना मगर भइन।

अब सतासिधामले फाईनल प्रवेशका लागी शुक्रवार जदाह महिला फुटबल टिम मोरङ संग प्रतिष्पर्धा गर्नछ।

खदम युवा क्लवको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद रू ६० हजार ट्रफि मेडल प्रमाण पत्र र उपविजेता हुने टिमले नगद रू ४० हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्नेछ। साथै बिधागत तर्फ पनि पुरूष्कार राशि रहेको आयोजकले जानकारी दिएको छ।