आयोजक खदम युवा क्लव अन्तिम समय सम्हालिन नसक्दा बहिरिर्यो

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

खदम युवा क्लवको आयोजनामा मोरङको केरावारीमा आजबाट चौथो महिला नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ।

उद्धघाटन खेलमा बिष्णुपादुका महिला फुटबल क्लव धरानले आयोजक खदम युवा क्लवलाई २-१ गोल अन्तरले हराउदै बिष्णुपादुका महिला फुटबल क्लव धरान प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ।

खेलमा अग्रता भने आयोजकले कप्तान कोपिला लिम्बुको गोल मार्फत लिएको थियो। तर त्यो अग्रता आयोजकले जोगाउन सकेन खेलको इन्जुरी समयमा बिष्णुपादुका महिला फुटबल क्लव धरानबाट तेरेशा मगर र सुमिना मगरले लगातार गोल गर्दै टोलिलाई जित तर्फ लागेका थिए।

२७ गते सम्म चल्ने प्रतियोगिताको विजेता क्लवले नगद रू ६० हजार ट्रफी मेडल प्रमाण पत्र र उपविजेता हुने क्लवले नगद रू ४० हजार ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्नछ। बिधागत तर्फ पनि पुरूष्कार रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा भोलिको खेल लेटाङ मोरङ बिरूद्ध सप्तकोशि युवा क्लव देविघाट सुनसरी बिच हुनेछ।