नेपाल समूह चरणबाट बाहिरियो

पाँचौ संस्करणको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको समूह चरणबाट नेपाल बाहिरिएको छ। शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग १-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

यस अघि पहिलो खेलमा ताजकिस्तानसँग २-० ले पराजित भएको नेपाल शनिबार सिल्हेटस्थित जिल्ला स्टेडियममा प्यालेस्टाइनसँग पराजित हुँदै घर फर्किएको हो।

२ वा सो भन्दा बढी गोल अन्तरमा जित्नै पर्ने खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि नेपालले दोस्रो हाफमा गोल खाएको थियो। प्यालेस्टाइनलाई जिताउन मोहमद अलिविसादले ७० औं मिनेटमा निर्णायक गोल गरे।

यो समूह ‘ए’ बाट प्यालेस्टाइन र ताजकिस्तानले सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाली टोली:

गोलकिपर – विकेश कुथु
डिफेन्डर – देबेन्द्र तामाङ, सुमन अर्याल,आदित्य चौधरी, दिनेश राजवंशी
मिडफिल्डर – निराजन खड्का, बिशाल राई, तेज तामाङ, सुजल श्रेष्ठ, सुनिल बल
फरवार्ड – बिमल घर्ती मगर