बार्सा नेपाल नैकाप गोल्डकपको प्रि-क्वाटरफाइनलमा

स्पेनिस महारथी बार्सिलोनाको समर्थनमा नेपालमा रहेको बार्सा नेपाल क्लब नैकाप गोल्डकपको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नैकापमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बार्सा नेपालले मिरमिरे युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सा नेपाललाई विजयी गराउन रोनिस राजबहाकले दुई गोल गरेका थिए ।

खेलमा बार्सा नेपालकै दुई गोलकर्ता रोनिस राजबहाक म्यान अफ दि म्याच घोषित भए । 

नैकाप गोल्डकपमा सहभागिता जनाएको बार्सा नेपाल पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको दिपेश खतिवडाको प्रशिक्षणमा रहेको छ । बार्सा नेपालको ब्यबस्थापकमा सक्रिय सदस्य सिताराम दाहाल छन् ।

कुल ३२ टोली रहेको नैकाप गोल्डकपको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ ।