पाँचौ कास्की ल्याम्ह पुच : फुटसल प्रतियोगिता असोज २७ गते देखी सुरु

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

ल्याम्ह पुच : बाटुले चौर – लामाचौर कास्कीको आयोजनामा असोज २७ गते देखी ३० गते सम्म पोखराको गणेश टोलमा रहेको बिफिट फुटसल मैदानमा पाँचौ कास्की ल्याम्ह पुच फुटसल प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा सहभागिता जनाउने टिमहरूको टुङ्गो केहि दिनमा लाग्ने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउने सबै टिमका खेलाडीहरू नेवार समुदायका हुनुपर्ने नियम राखेको छ।

प्रतियोगिताको प्रथम हुने टिमले नगद रू ४० हजार ट्रफि मेडल प्रमाण पत्र दोस्रो हुने टिमले नगद रू २० हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्नेछ। त्यस्तै तेस्रो र चौथो हुने टिमले जनहि नगद रू ७,५०० प्राप्त गर्नेछ।

आयोजकले जनाए अनुसार बिधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोल कर्ता, उदियमान खेलाडी, र अनुशाशित टिमले पनि नगद पुरूस्कार प्राप्त गर्नेछ।