टोटनहमको लगातार तेस्रो जित

प्रिमियर लिगअन्तर्गत गएराती भएको खेलमा टोटनहमद्वारा म्यानचेष्टर युनाइटेड ३-० ले पराजित भएको छ।

Image result for manchester united

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लण्डन क्लब टोटनहमले सबै गोल दोस्रो हाफमा गरेको थियो।

How could Man Utd's £75m striker Romelu Lukaku miss that open goal?

ह्यारी केनले ५० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको टोटनहमका लागि लुकास माउराले ५२ औँ र ८४ औँ मिनेटमा गोल गरे।

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको पोष्टमा टोटनहमको ३ गोल, लण्डन क्लबको शतप्रतिशत जित

यस सिजनमा टोटनहमको यो लगातार तेस्रो जित हो र तेस्रो चरणको समाप्तीसम्म शतप्रतिशत जित हात पार्नेमा टोटनहमले लिभरपुल, चेल्सी र वाटफोर्डसँग बराबरी गरेको छ।

Image result for manchester united

लगातार ३ जितपछि ९ अंक जोडेको टोटनहम गोलअन्तरमा लिभरपुल भन्दा पछि छ र अंकतालिकामा दोस्रो स्थानमा छ। सिजनको दोस्रो हारपछि युनाइटेड भने १३ औँ स्थानमा छ।