एसियाली खेलकुद : भारत्तोलनमा सञ्जुको ३ राष्ट्रिय कीर्तिमान

इन्डोनेसिया भइरहेको १८औं एसियन गेम्स अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले मंगलवार नया राष्ट्रिय किर्तीमान बनाएकी छिन्।

सन्जुले महिला ५३ केजी तौल समूहमा तीन राष्ट्रिय किर्तीमान बनाइन्। तर एसियाका अनय खेलाडीहरुसँग भने सन्जुको प्रदर्शन राम्रो हुन सकेन। १२ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सन्जु अन्तिम स्थानमा रहिन्।

सञ्जुले स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १ सय ५८ केजी भार उठाएर आˆनै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । स्न्याच, क्लिन एण्ड जर्क दुवैमा उनकै कीर्तिमान रहेको छ ।

उनले यसअघि एसियाली खेलकुदको छनोटका बेला स्न्याचमा ७१ केजी र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५६ केजी भार उठाएकी थिइन्।