पाथिभरा गोल्डकप आउदो भदौ ८ गते देखि सुरु

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

ताप्लेजुङ्गमा लाखे जात्रा समितिले बर्षेनी गर्दै आएको पाथिभरा गोल्डकपको तेस्रो सष्करण आगामी भदौ ८ गते देखि १६ गते सम्म हुने भएको छ।

प्रतियोगितामा झापा मोरङ सुनसरी इलाम ताप्लेजुङ्ग पाचथर काठमाण्डौ र भारत का गरी जम्मा १० टोलिको सहभागिता रहनेछ। चर्च व्वाइज क्लव काठमाण्डौ दोस्रो सष्करणको विजेता हो। प्रत्येक दिनको खेलको म्यान अफ दि म्याचले नगद रू ५००० प्राप्त गर्नेछ।

प्रतियोगिताको विजेता टोलिले नगद रू २ लाख ५१ हजार र उपविजेता हुने टोलिले नगद रू १ लाख २५ हजार प्राप्त गर्नेछ।