बिरगंज युथ एकेडमी महिला टिम मैत्रीपुर्ण खेलमा विजय

मनोज थापा :

चितवनको मेघौलीमा चितवन ११ र बिरगंज युथ एकेडेमी बिच सम्पन्न १मैत्रीपूर्ण खेलमा बिरगंज युथ एकेडमी को महिला टिमले चितवनको महिला टिमलाइ ४-१ ले पराजित गरेको छ।

खेलको छैटौ मिनेटमा चितवनकी सन्जु महतोले अग्रता दिलाएपनी त्यो अग्रता लामो समय टिकेन २२ औ मिनेटमा बिरगंज युथ कि रोस्नि लिम्बुले बराबरी गोल फर्काइन।

र पहिलो हाफ एक एक गोल को बराबरीमा सकियो।

दोस्रो हाल्फ मा बिरगंज युथ चितवन बिरुद्ध खेलमा हावी भयो र पुन रोस्नी लिम्बू ले दुइ गोल गर्दै ह्याट्रीक पूरा गरिन र बिरगंज को लागि चौथो गोल क्याप्टेन सपना बस्नेत ले गर्न सफल भइन।