कार दुर्घटनामा विश्व एथ्लेटिक्स च्याम्पियनसिप निकोलसको मृत्यु

केन्याका धावक निकोलस बेटको कार दुर्घटनामा मृत्यु भएको छ। बेइजिङमा २०१५ मा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा ४०० मिटर हर्डल्स दौडमा स्वर्ण पदक जितेका २८ वर्षका निकोलसको बुधबार कार दुर्घटनामा ज्यान गएको हो।

Former World Athletics Championships gold-medallist Nicholas Bett has died aged 28

नाइजेरीयामा अफ्रिकी महादेशीय प्रतियोगितामा भाग लिएर फर्किरहँदा नान्दी काउन्टीको नजिकै उनको कार दुर्घटनामा परेको हो ।
केन्याका खेलकुद मन्त्री रसिद इचेसाले ट्वीट गर्दै निकोलसको मृत्यु भएको पुष्टि गरेका छन् ।

सन् २०११ मा केन्यामै भएको प्रतिस्पर्धाबाट दौडमा लागेका उनले बेइजिङमा स्वर्ण पदक जित्दै आठ सय मिटरभन्दा कमको दौडमा केन्या बाट पहिलो हुने कीर्तिमान बनाएका थिए।