दक्षिण कोरियामा जारी प्रथम कन्काई कप फुटबलको उपाधि लमजुङ एफसीको पोल्टामा

मनोज थापा :

सिओल | झापा मिलन समाज दक्षिण कोरिया र झापा एफ सीको आयोजनामा” प्रथम कन्काई कप २०१८” नामक फुटबल प्रतियोगिताको उपाधि लमजुङ एफ सीले आफ्नो पोल्टामा पार्न सफल भएको छ।

कुल २० टिमको सहभागिता सहित “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ आईतबार जुलाइ २९ तारिक सिओलको सोयोसन फुटबल ग्राउण्डमा निर्धारित समयमा गोल रहित भएपछि ट्राईबेकरमा ५ का विरुद्ध ४ गोलको अन्तरले उपाधि हात पार्न सफल भएको थियो।

उक्त प्रतियोगितामा आयोजक टिम झापा एफ सी र मगर एफ सीलाई क्रमश लमजुङ एफ सी र धरान एफ सीले पराजित गरेको थियो भने प्रतियोगिताबाट प्रथम हुने टिमलाई नगद २५ लाख कोरियन वन र द्वितीय हुने टिमलाई नगद १२ लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र,मेडलले सम्मानित गरेको थियो।

यसैगरी उत्कृष्ट गोलकिपर लमजुङ एफ सीका छिरिङ लामा, सर्वाधिक गोलकर्ता झापा एफ सी का हाङसु लिम्बु ,उत्कृष्ट खेलाडी धरान एफ सी का निशान्त श्रेष्ठ लाई उचित पुरुस्कार तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो। यसैगरी उत्कृष्ट टिम गुनसान एफ सीले सम्मान सहित ट्रफी प्राप्त गरेको थियो।