उषा बनिन नेपालको पहिलो महिला फुटबल खेलाडी ब्राण्ड एम्बासडर

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

राष्ट्रीय महिला फुटबल खेलाडी उषा भण्डारी ईश्वरपुर – ७ सर्लाहीमा अवश्थित न्यू वैदेही खाद्य उद्योगको ब्राण्ड एम्बासडर भएकी छिन्।

न्यू वैदेही खाद्य उद्योगका प्रोपाईटर झबिन्द्र शाहले आज ईश्वरपुर – ७ सर्लाहीमा पत्रकार सम्मेलन मार्फत राष्ट्रीय महिला फुटबल खेलाडी उषा भण्डारी न्यू वैदेही खाद्य उद्योगको ब्राण्ड एम्बासडर भएको जानकारी दिनु भयो।

सम्झौता पत्रमा हस्ताक्षर भएको मितिले राष्ट्रीय महिला फुटबल खेलाडी उषा भण्डारी २ बर्षका लागी ब्राण्ड एम्बासडर रहेनेछ।

उषालाई पहिलो बर्ष ब्राण्ड एम्बासडर भए बापत नगद रू ३ लाख रूपैया उद्योगले प्रदान गर्ने र दोस्रो बर्ष सम्झौता भएको दरमा १०% ले बृद्धी हुने उद्योगका प्रो पाइटर झबिन्द्र शाहले जानकारी दिनुभयो। लालवन्दी न पा – ६ सर्लाही निवासी उषा १ दशक भन्दा लामो समय अघि देखी शशष्त्र प्रहरी वलको एपिएफ कल्वमा आवद्ध छिन्। राष्ट्रीय खेलाडी उषा भण्डारी ब्राण्ड एम्बासडर बन्ने नेपालको पहिलो महिला खेलाडी बनेकी छिन्।

कार्यक्रममा उषाले आफु नेपालको पहिलो महिला फुटबल खेलाडी ब्राण्ड एम्बासडर बन्नु पाएकोमा धेरै खु:शि लागेको बताईन।