केशव महाराजले लिए एकै पारिमा ९ विकेट

दक्षिण अफ्रिकाका बलर केशव महाराजले श्रीलंकासँगको दोश्रो टेष्ट क्रिकेटको पहिलो पालीमा ९ विकेट लिएका छन्। उनी टेष्ट क्रिकेटमा एकै पालीमा ९ विकेट लिने दक्षिण अफ्रिकाका दोश्रो तथा विश्वकै सत्रौँ बलर हुन्।

Image result for keshav maharaj

श्रीलंकाका ९ जना व्याट्सम्यानलाई पेभेलियन पठाउने क्रममा १२९ रन खर्चिएका थिए। कागिसो राबाडाले श्रीलंकाका कुशल मेन्डिसलाई आउट गरेका भने अरु जम्मै महाराजका शिकार भएका थिए।

तर महाराजले ९ विकेट लिएपनि महाराजले १९५७ मा टायफील्डले बनाएको रेकर्ड भने तोड्न सकेनन्। टायफील्डले त्यतिबेले ९ विकेट लिँदै ११३ रन दिएका थिए । महाराजको यो प्रदर्शन श्रीलंकामा कुनैपनि विदेशी बलरले गरेको सबैभन्दा राम्रो पर्दशन भने हो । महाराजले २ बर्ष अघि मात्रै टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए।

Image result for keshav maharaj

यसैबीच, हाशिम अमलाले ९ हजार रन पुरा गरेका छन् । पहिलो पारीमा १९ रन जोडेका अमलाले ९ हजार रन पुरा गरेका हुन् । ९ हजार रन पुरा गर्ने अफ्रिकाका तेस्रो तथा विश्वको १५औं क्रिकेटर बनेका छन्।

पहिलो जितेको श्रीलंकाले दोस्रो टेस्टमा पनि गतिलो अग्रता बनाएको छ । दोस्रो दिनको खेल सकिँदा दोस्रो पारिमा श्रीलंका ३५६ रनले अघि रहेको छ । पहिलो पारीमा ३३८ रन जोडेको श्रीलंकाले अफ्रिकालाई १२४ रनमा समेटेको थियो । त्यसपछि दोस्रो पारि शुरु गरेको श्रीलंकाले दोस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर १५१ रन बनाएको छ।

दोस्रो पारिका ३ विकेट भने अफ्रिकाका २ विकेट पहिलो पारिमा ९ बिकेट लिने महाराजलेनै लिएका छन् भने एक जना व्याट्सम्यान रनआउट भएका छन्।