७५ मिलियन यूरोमा एलिसन रोमाबाट लिभरपुल जाँदै

लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ।

Image result for allison brazil goalkeeper

यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ। अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ।

Image result for allison brazil goalkeeper

गोलकिपरका लागि बढी रकम खर्च गर्ने कीर्तिमान अहिलेसम्म इंग्ल्याण्डमा म्यान्चेष्टर सिटीको थियो । जहाँ उसले बेन्फिकाका एडर्सनलाई ४० मिलियन यूरोमा अघिल्लो वर्ष भित्र्याएको थियो ।

Related image

यो कीर्तिमान तोड्दै लिभरपुलले झण्डै दोब्बर मूल्यमा एलिसनलाई अनुबन्ध गर्न लागेको हो । च्याम्पियन्स लिगको फाइनल र प्रि–सिजनको मैत्रीपूर्ण खेलमा पनि लोरिस कारियसले गरेको गम्भीर गल्तिका कारण लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप गोलकिपर परिवर्तन गर्न बाध्य भएका हुन् ।

Related image

भर्खरै सम्पन्न विश्वकपमा पाँच खेल खेलेका एलिसनले ३ खेलमा क्लिन सिट राखे पनि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।