आज बेल्जियम र इंग्ल्याण्ड आमनेसामने

फिफा विश्वकपको २१ औं संस्करणको उपाधिका लागि आईतबार लुज्निकी स्टेडियममा क्रोएसिया र फ्रान्स भिड्दैछन्।

Image result for belgium vs england

त्यसअघि शनिबार सेन्ट पिटर्सबर्गमा तेस्रो स्थानका लागि हुने खेलमा बेल्जियम र इंग्ल्याण्ड आमनेसामने हुँदैछन्। नेपाली समय अनुसार बेल्जियम र इंग्ल्याण्डको खेल  बेलुकी ७:४५ मा सुरु हुनेछ।

Image result for belgium vs england

एउटै समूहमा रहेर फिफा विश्वकप सुरु गरेका यी दुई राष्ट्र फेरि भेट्दैछन्। १–० को जित हात पारेको बेल्जियम समूहको विजेता थियो । अब यो खेलमा यी दुई टोली प्रतिष्ठाका लागि खेल्दैछन्।