भारतद्वारा इंग्ल्याण्ड ८ विकटेले पराजित

पहिलो एकदिवसीय क्रिकेटमा भारतद्वारा इंग्ल्याण्ड ८ विकटेले पराजित भएको छ। २६९ रनको लक्ष भारतले ४० ओभर १ बलमै २ विकेट गुमाएर भेट्टाएको हो। भारतलाई जिताउन रोहित शर्माले नटआउट १३७ रन बनाए भने विराट कोहलीले ७५ रनको योगदान गरे।

११४ बल खेलेका रोहितले १५ चौका र ४ छक्का सहित १३७ रन बनाए। रोहितले इग्ल्याण्डसँगको यसअघिको तेस्रो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पनि शतक बनाउँदै भारतलाई जिताएका थिए।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डलाई सामान्य योगफलमा सिमित गर्न भारतका कुलदीप यादवले ६ विकेट लिए। १० ओभरमा उनले २५ रन दिंदै ६ विकेट लिएका हुन्। इग्ल्याण्डका जोस बलटरले ५३ र बेन स्टोक्सले ५० रन बनाए।

३ ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला २-१ ले जितेको भारतले ३ एकदिवसीय क्रिकेटमा पनि १-० को अग्रता लिएको हो। शृंखलामा भारत र इग्ल्याण्डले ५ वटा टेष्ट क्रिकेट पनि खेल्नेछन्।