बार्सिलोनाले भित्र्यायो डिफेण्डर क्लेमेन्ट लेङलेटलाई

बार्सिलोनाले सेभिल्लाका सेन्टरब्याक क्लेमेन्ट लेङलेटलाई भित्र्याएको छ। २३ वर्षीय लेङलेटले बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका छन्।

Frenchman Lenglet has put pen to paper on a lucrative five-year contract at the Nou Camp

३५.९ मिलियनमा ल्याएको उनको रिलिज क्लज ३०० मिनियन युरो राकिएको छ । फ्रान्सका सेन्टरब्याक जनवरी २०१७ मा मात्र सेभिल्ला आएका थिए । उनले गत सिजन ५२ खेल खेले र चार गोल समेत गरेका थिए।

Lenglet is all smiles as he poses inside the Nou Camp following his move from Sevilla

स्पेनिस च्याम्पियन बार्सिलोनाले लेङलेटलाई विश्वका होनहार डिफेण्डरहरु मध्ये एक भनेको छ । उनको आगमनले जेरार्ड पिके, उम्टिटी र भर्मालिन रहेको एक शानदार डिफेन्स लाइन बनेको विश्वास समेत व्यक्त गरेको छ ।

Lenglet defending against Lionel Messi, who will now be his team-mate at the Nou Camp