रोनाल्डोको स्थान अर्को खेलाडी ल्याउने तयारीमा रियल

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिडले उनको स्थानमा कसलाई ल्याउँछ भन्ने चर्चा सुरु भएको छ।

रोनाल्डोले वर्षको २६ मिलियन पाउण्ड पाउने गरी इटालियन च्याम्पियन युभेन्टससँग ४ वर्षको सम्झौता गरेका छन्। रोनाल्डो ३३ वर्षको उमेरमा विश्वकै चौथो मंहगा खेलाडी हुँदै युभेन्टस गएपछि रियलमा उनको ठाउँ लिने सम्भावित खेलाडीको नाम बाहिर आउन थालेका छन् ।

महंगा खेलाडीको सूचिमा रोनाल्डो भन्दा अघि बार्सिलोनाले १४२ मिलियन पाउण्ड तिरेर लिभरपुलबाट ल्याएका फिलिप कोउटिन्हो, मोनाकोबाट गएको सिजन १६६ मिलियन पाउण्डमा लोनमा पीएसजी आएका केलियन एमबाप्पे तथा बार्सिलोनाबाट २ सय मिलियन पाउण्डमा पीएसजी गएका नेइमार छन्।

रोनाल्डोले रियल मड्रिडमा ९ वर्ष बिताए । क्लब फुटबलकै ठूलो उपाधि मानिने च्याम्पियन्स लिग फुटबल चारपटक जिते । रियल मड्रिडका सर्वाधिक गोलकर्ता उनले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका छन् । उनले मड्रिडबाट ४४ हृयाटि्रक गरे । जसमा ला लिगाको ३४ हृयाट्रिक सामेल छ ।

रोनाल्डो सन् २००९ मा त्यो समयको विश्व कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका थिए । रोनाल्डोले युनाइटेडबाट पनि एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले मडि्रडमा रहेर विश्व फुटबलमा जस्तो प्रभाव पारे त्यसको पूर्ति गर्न सक्ने खेलाडी ल्याउनु रियलका लागि विशेष चुनौती छ ।

Related image

नेमार

रियल मडि्रडले रोनाल्डोको स्थानमा ल्याउन चाहेको प्रमुख खेलाडी हुन्, नेइमार । स्पेनिस क्लब बार्सिलोनामै रहेर आˆनो स्टार छवी देखाइसकेका नेइमारलाई खेल क्षमताका कारण मात्रै नभइ उनको स्टारडमकै कारण पनि रियल ल्याउन उत्सुक छ ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि नेइमार ल्याउँदा क्लबको व्यापारमा पनि फाइदा हुने बताएका छन् ।

रियल मड्रिडका समर्थक नेइमारसँग उति खुसी नरहेको भए पनि उनले रियलमा आएर गोल गर्न थालेपछि त्यो सबै फेरिने छ ।

रसियामा जारी विश्वकपमा पनि नेइमारले आफ्नो खेल क्षमता देखाएका थिए । विश्वकपमा उनले दुई गोल गरे भने एक गोलमा पास मिलाए । यसैले अझै केही वर्ष नेइमार विश्व फुटबलमा चम्कने देखिएको छ ।

Image result for mbappe

केलियन एमबाप्पे

रसिया विश्वकपमा सबैभन्दा चर्चा कमाइरहेका स्ट्राइकर हुन् केलियन एमबाप्पे । आफ्नो तीब्र गति र उत्कृष्ट खेल क्षमताले उनको भविष्य राम्रो देखिएको छ । रसिया विश्वकपमा उनले फाइनल खेलअघि तीन गोल गरेका छन् ।

बालोन डि’ओरको दौडमा पनि आउन सक्ने चर्चा रहेकाले पीएसजीका आबद्ध एमबाप्पेले रियल मडि्रडले ल्याउन चाहेको छ ।

एमबाप्पे नेइमार जतिको मार्केट भ्यालुको भने नरहेको रियल मडि्रडका अध्यक्ष पेरेजले नै बताएका छन् ।

व्यापारका दृष्टिकोणले मध्यम रहे पनि अन्य कुरामा एमबाप्पे ल्याउँदा मडि्रडको भविष्य राम्रो हुने विश्लेषण भइरहेका छन् ।

Image result for hazard

एडन हाजार्ड

विश्वकप हेरिरहेका हरेक फुटबल समर्थकले हाजार्ड कस्ता खेलाडी हुन् भन्ने राम्ररी नै देखेका छन् ।

बेल्जियम राष्ट्रिय टिमबाट मात्रै होइन चेल्सीमा रहँदा पनि हाजार्डले आफ्नो उत्कृष्ट खेल देखाएका थिए ।

तीब्र र कुशल खेल क्षमता हाजार्डको फुटबल विशेषता हो । गोल गर्न सक्ने र गोलका लागि अवसर सिर्जना गर्न सक्ने दुबै कुरामा उनी पोख्त छन् ।

रोनाल्डो र उनको खेल क्षमता फरक रहेकाले तुलना गर्न नमिल्ने भए पनि खेल जितको आधार बन्न सक्ने हुँदा हाजार्डमा रियल मडि्रडको नजर रहेको छ ।

Image result for harry kane

हृयारी केन

केनले आफू इंग्लिस क्लब टोटनहृयाम छोड्न नचाहने बताइरहे पनि मडि्रडले भने उनलाई ल्याउन चाहेको खबर बाहिरिरहेका छन् ।

रसिया विश्वकपमा सेमिफाइन अघि नै ६ गोल गरेका उनी गोल्डेन बुटको दौडमा पनि अग्र स्थानमा छन्।

गोल गर्ने क्षमता अब्बल देखिए पनि केनलाई उत्कृष्ट फुटबल कलाका लागि भने नचिनिने हुँदा मडि्रडका समर्थक भने उनको रोजाइँमा उति खुसी छैनन् ।

२४ वर्षका केन कडा मेहनत गर्छन, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्व र कुरा बुझ्ने उनको क्षमता राम्रो छ । उनकै बलमा टोटनहृयामले पि्रमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ ।

Image result for dybala

पाउलो डी बाला

यसअघि पनि रियल मड्रिडले खेलाडी किन्दा विश्वकपमा भएको प्रदर्शनलाई मुख्य आधार मान्ने गरेको छ । उनको विश्वकप भने ओझेलमा रहेकाले उनी रोजाइँमा अलि पछि छन् ।

क्लब फुटबलमा राम्रो गरिहेका उनी रोनाल्डोकै स्थान लिन सक्छन् कि सक्दैनन् भन्ने बहस भइरहेका बेला करिम बेन्जेमाको स्थानमा फिट हुने तर्क पनि आइरहेका छन् ।

फुटबल पण्डितका अनुसार नेइमार, एमबाप्पे, हजार्ड, डीबाला र केनसँगै इंग्लिस क्लब लिभरपुलबाट खेल्ने इजिप्टका मोहम्मद सालहमाथि पनि रियल मड्रिडले नजर राखेको छ ।