साविक विजेता आर्मीलाई पराजित गर्दै ब्रिगेड ब्वाइजलाई यू-१८ ललित स्मृति फुटबलको उपाधि

यू-१८ ललित स्मृति फुटबल च्याम्पियनसिप अन्तर्गत आज भएको फाइनल खेलमा ब्रिगेड ब्वाइज क्लबले उपाधि जितेको छ। साविक विजेता विभागिए टिम त्रिभुवन आर्मीलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले उपाधि जितेको हो।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा ब्रिगेड ब्याइजले आर्मीलाई १-० ले गर्यो। ब्रिगेड ब्याइजका लागि अनुप गुरुङको एक मात्र गोल निर्णायक बन्यो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८७ औ मिनेटमा अनुपले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । अन्तत सोहि गोल ब्रिगेडलाई उपाधि दिलाउन प्रयाप्त बन्यो।
उपाधिसंगै ब्रिगेडले तीन लाख हात पार्यो भने उपविजेता बनेको आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो।

प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर आर्मीका दिनेश हेन्जन, बेष्ट मिडफिल्डर ब्रिगेडका जय गुरुङ, बेष्ट डिफेन्डर डिफेन्डर आर्मीका विकास खवास, उत्कृष्ट गोलकिपर ब्रिगेडका आकाश रानाभाट भए। उनिहरुले समान १० -१० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षक ब्रिगेडका उजेन श्रेष्ठ चुनिए।