प्रथम स्व. जमदार नर बहादुर कार्की स्मृति फुटसल प्रतियोगिता २०७५ (नवलपरासी ) को उपाधि आयोज़क आयोज़क गैडाकोट फुटबल क्लबलाई

मनोज थापा :

गैडाकोट, नवलपरासीमा आयोजित सो प्रतियोगितामा आयोज़क गैडाकोट फुटबल क्लबले उपाधि सहित रु ५००००/- जित हात पारेको छ।

फाइनल खेल अन्तर्गत आयोज़क गैडाकोट फुटबल क्लबले १ का बिरुद्ध ४ गोलले जनकल्याण युवा क्लबलाई हराउदै सो प्रतियोगिता जित हात पारेको हो।

यसै गरि उपविजेताले रु ३००००/- ले चित्त बुझाएको छ। यसै प्रतियोगिताको दोश्रो संसकरण भने अझ ठुलो र प्रतियोगिता अझ स्तरिय बनाउने आयोज़कले वाचा समेत गरेका छन्।