प्रथम नकआउट महिला फुट्सलको उपाधि स्पोर्ट्स एरिना बौद्ध काठमाडौलाई

मनोज थापा :

विशाल इवेन्टस्को आयोजनामा चितवनको ब्रदर्स फुटसल क्षेत्रपुरमा सन्चालित प्रथम एइ ग्लोबल प्रथम नकआउट महिला फुट्सलको उपाधि स्पोर्ट्स एरिना बौद्ध काठमाडौले कब्जा गरेको छ।

प्रतियोगिताको फाइनल खेलमा फुटसल एरिना बौद्धले चितवनको धर्मोदय क्लब शारदानगरलाइ ० का बिरुद्ध ७ गोलले पराजित गर्यो।

एरिनाको लागि मनिसा थापा मगरले ४ र शुबु खड्काले ३ गोल गर्न सफल भइन।

फुट्सल एरिना बौद्धले ट्रफी का साथै नगद २५ हजार र धर्मोदय क्लब चितवनले ट्रफी का साथै नगद १५००० प्राप्त गर्न सफल भए।

प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा एरिना फुट्सल कि युनिशा आचार्य अनि सर्बाधिक गोलकर्ता एरिनाकी मनिसा थापा मगर र सर्वोत्कृष्ट खेलाडि एरिनाकै शुबु खड्का घोसित भइन। सर्वोत्कृष्ट बिधा का प्रत्येक खेलाडीले नगद १५०० सहित ट्रफी र मेडल ले सम्मान गरियो।

प्रतियोगितामा चितवन, नवलपरासी ,नवलपुर ,बारा ,तनहु, काठमाडौ र कास्की को गरि जम्मा १५ महिला टिमको सहभागिता थियो।

पुरस्कार बितरण समारोह को प्रमुख आतिथि चितवन जिल्ला फुटबल संघ को अधक्ष्य श्रीकृष्ण कार्की , बिशिस्ठ अतिथी रास्ट्रीय प्रशिक्षक संघ एन्फा का अध्यक्ष बिनोद लामा र उपाध्यक्ष अरुणा गुरुङ्ग र अन्य अतिथि मा पुर्व रास्ट्रीय खेलाडी हरु रितु शाक्य ,ललित थापा अनि कास्की जिल्ला फुटबल संघ को अध्यक्ष मिलन गुरुङ हुनुहुन्थ्यो।

कार्यक्रमको समापन बिशाल इवेन्टको अध्यक्ष तथा कार्यक्रम को सभापती विशाल गुरुङले गर्नुभयो।