यू-१८ ललित स्मृति फुटबल : सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब विजय

यू-१८ ललित स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब विजय भएका छन्। सरस्वतीले मछिन्द्र तथा लुम्बिनीले एनआरटीलाई पराजित गरेका हुन्।

सातदोवाटोमा आइतबार भएको खेलमा सरस्वतीद्वारा मच्छिन्द्र क्लब २-० ले पराजित भएको हो।

पहिलो हाफको अन्तिमतिर सरस्वीतका सुवास कार्कीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा खेलमा फर्कन मछिन्द्रले खोजेपनि सफल हुन सकेन । ८१ औं मिनेटमा सरस्वतीका मनकुमार राईले गोल गर्दै २-० को अग्रता बनाए ।

कप्तान सरदराई दोहोरो पहेँलो कार्ड पाएपछि दोस्रो हाफको इन्जुरी समय १० खेलाडीमा मछिन्द्रले विताएको थियो । त्यसपछि थप गोल हुन नसकेपछि सरस्वतीको २–० को जीत पक्का भयो र दोस्रो चरण पुग्ने सम्भावना कायमै राख्न सफल भयो ।

आइतबारनै भएको दोस्रो खेलमा एनआरटी लुम्बिनीसँग २–१ गोल अन्तरले पराजित हुन पुगेको छ।