आयोजकलाई पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश , सोमवार उपाधीको लागि थ्रीस्टार र मनाङ भिड्ने

रुपन्देहीमा चलिरहेको तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा थ्री स्टार क्लब फाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको सेमिफाइनलमा आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीलाई १-० ले पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश गरेको हो। थ्री स्टारका लागि बुद्ध चेम्जोङले गोल गरे।

सोमवार उपाधीको लागि थ्रीस्टार मनाङ मर्स्याङदी क्लबसँग भिड्ने छ।