नेपाली क्रिकेट टोली सोमबार नेपाल फर्कदै

आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली भोलि सोमबार नेपाल फर्किने भएको छ।

विश्वकप क्रिकेट छनोट अन्तर्गत २ खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ। नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ।

सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको नेपाल आठौं स्थानमा रहन सफल भएको हो।