थ्री स्टारलाई तिलोत्तमा गोल्ड कपको उपाधि

मनोज थापा :

बुटवल, रुपन्देहीमा जारी २०औ तिलोत्तमा गोल्ड कप २०७४ को उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ। आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २- 0 लाई पराजित गर्दै थ्री स्टारले उपाधि चुमेको हो।

पहिलो हाफ ० – ० को बराबरीमा टुंगिएको थियो। खेलको दोश्रो हाफ दुवै टोलिले आकर्षण खेल पस्केका थिए।

खेलको ६६ औ मिनटमा नेपाल पुलिस क्लबका रबिन श्रेष्ठले आत्मघाती गोल गर्दा थ्री स्टारले १ गोलको अग्रता लिएको थियो।

खेल को ७९ औ मिनट मा थ्री स्टार का कप्तान निराज़न खड्काले टोलिको लागि २ रो गोल गरेका थिए।

उपाधि संगै थ्री स्टारले रु ७७७७७७/- तेसै गरि सर्वोक्रिस्ट खेलाडीको उपाधि थ्री स्टारका निराजन खड्का भए र होन्डा ड्यु स्कूटर प्राप्त गरे, तेसै गरि सर्वोक्रिस्ट कोच थ्री स्टारका मेघ राज के.सी.( थ्री स्टार क्लब ),

सर्वोक्रिस्ट डिफेन्डर पूर्ण बहादुर श्रेष्ठ (रुपन्देही ), सर्वोक्रिस्ट मिड -फिल्डर भोला नाथ सिलवाल ( नेपाल पुलिस क्लब ), सर्वोक्रिस्ट फरवार्ड – रेजिन सुब्बा ( नेपाल पुलिस क्लब ), सर्वोक्रिस्ट गोल कीपर एलन न्युपाने ( थ्री स्टार क्लब ) घोसित भए।