मनांगलाई १ को बिरुद्ध २ गोलले हराउदै थ्री स्टार तिलोत्तमा गोल्डकपको फाइनलमा

मनोज थापा :

तिलोत्तमा गोल्ड कप २०७४ अन्तर्गत आज भएको खेलमा थ्री स्टार फाइनलमा प्रवेश गरेको छ।

मनांगका फ्लोरेन्टले मनांगलाई खेलको पहिलो हाफमा अग्रता दिलाएका थिए। तर मात्र १ मिनटसम्म त्यो अग्रता कायम रह्यो र थ्री स्टारका बुद्ध चेम्जोङ्गले खेल बराबरीमा ल्यायो।

त्यसपछि थ्री स्टारका कप्तान निराज़न खड्काले सुन्दर खेल प्रस्तुत गर्दै थ्री स्टारलाई २-१ को अग्रता दिलाए। १ गोलले पछि परेको मनांगले आफ्नो खेल आक्रामक बनायो तर अवसरको सदउपयोग गर्न नसक्दा मनांग तिलोत्तमा गोल्ड कप २०७४ देखि बाहिरिएको छ।

थ्री स्टारका बुद्ध चेम्जोङ्ग म्यान अफ द म्याच घोसित भए।

अब चैत्र ३ गते फाइनल खेल रुस्लन थ्री स्टार र नेपाल पुलिस क्लब बीच हुने छ।